किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास

  • शनिबार ८ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख्या गरेको छ। किम शनिबार चीन पुगेपछि दक्षिण कोरियाले उक्त प्रतिक्रिया दिएको हो। समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरिया, चीन र रुस मिलेर अमेरिकाविरुद्ध संयुक्त मोर्चा बनाउने प्रयास गरिरहेका छन्।दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार चीनको सीमावर्ती सहर डान्दोङ पुगेका हुन्। उनी उत्तर कोरिया र चीनलाई जोड्ने हालै सञ्चालनमा आएको नयाँ पुल पार गरेर चीन प्रवेश