एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, पार्टी एकता सम्भव छैन : प्रचण्ड

  • शनिबार ८ कात्िक २०८३ ११:१४ AM
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको बताएका हुन्