काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल बढ्दै गएको दाबी गरेका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सहज नरहेको बताए । उनले नेपालमा मात्र नभई विश्वभर नै परिस्थिति असहज बन्दै गएको बताए ।