सामाजिक सञ्जाल व्यवस्थित गर्न नेकपाको सर्कुलर, के–के छन् निर्देशन ?

  • शनिबार ८ कात्िक २०८३ ०८:४० AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमको प्रयोगलाई व्यवस्थित बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हालै जारी गरेको सर्कुलरमा पार्टीको प्रचारप्रसार र डिजिटल सञ्चारलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । पार्टीले सञ्चालन गर्न लागेको दुईमहिने अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागिएको