जलवायु उत्थानशीलतामा नेपाललाई ऐतिहासिक सफलता, ३ परियोजना स्वीकृत

  • शनिबार ८ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : जलवायु परिवर्तनका असरसँग जुध्दै उत्थानशीलता अभिवृद्धि गर्ने नेपालको प्रयासमा एक महत्त्वपूर्ण सफलता हात परेको छ। ‘अनुकूलन कोष’को ४७औँ बोर्ड बैठकले नेपालका लागि करिब ४ करोड ५० लाख अमेरिकी डलर (४५ मिलियन डलर) बराबरका तीनवटा जलवायु अनुकूलन परियोजना प्रस्ताव स्वीकृत गरेको छ।अन्तर्राष्ट्रिय स्तरमा जलवायु वित्तको सीमितता र उच्च मागका बीच अनुकूलन कोषको बोर्ड बैठकबाट नेपालद्वारा पेस गरिएका तीनवटै प्रस्ताव स्वीकृत हुनुलाई नेपालको जलवायु अनुकूलन यात्रामा ठूलो उपलब्धिका रूपमा हेरिएको