काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका प्राकृतिक विपद्लाई गम्भीर रूपमा लिन विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले पाउनुपर्ने न्याय र सहयोग सुनिश्चित गर्नुपर्ने बताएकी छन् । चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।