काठमाडौं : फ्रान्समा गत हप्ता भएको हिंसात्मक आन्दोलनपछि आज पुनः देशभरि महँगीविरुद्ध प्रदर्शन हुने भएको छ। सम्भावित हिंसा र लुटपाट रोक्नका लागि देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै प्रहरीको विशेष टोली, २० वटा बख्तरबन्द (कवचयुक्त) गाडी र १५ वटा पानीको फोहरा (वाटर क्यानन) प्रहार गर्ने गाडीहरू पनि तैनाथ राखिएका छन्।गत शनिबार ५ लाखभन्दा बढी मानिस प्रदर्शनका लागि सडकमा उत्रिएका थिए। सो क्रममा पसलहरूमा तोडफोड, लुटपाट तथा सवारी साधनहरूमा आगजनी गरिएको थियो। हिंसात्मक गतिविधि