काठमाण्डु – फ्रान्समा गत साता भएको हिंसापछि शनिबार फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएका छन्। हिंसा र लुटपाट रोक्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै प्रहरीका विशेष टोली, करिब २० वटा बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने १५ वटा गाडीसमेत तैनाथ गरिनेछ। गत शनिबार पाँच लाखभन्दा बढी मानिस प्रदर्शनमा सहभागी हुन