काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नगरे फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । उनले यसअघि सञ्चालन गरिएको ‘एपिक फ्युरी’ अभियानजस्तै अर्को सैन्य अभियान चलाउन सकिने बताएका हुन् । शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा अर्को सैन्य अभियान सञ्चालन गर्ने दुई विकल्प रहेको बताए