काठमाण्डु –विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ को दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन सबैभन्दा बलिया दाबेदार देखिएका छन्। चर्चित खेल अनलाइन ईएसपीएनका फुटबल विश्लेषक रायन ओ’हानलोनले सार्वजनिक गरेको आफ्नो मतसूचीमा केनलाई पहिलो स्थानमा राखेका छन्। जर्मन क्लब बायर्न म्युनिखका केनसँगै उनका क्लब सहकर्मी माइकल ओलिसे, बार्सिलोनाका लामिन यामल, रियल मड्रिडका किलियन एमबाप्पे र