पशुमा देखिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा, फ्रान्समा एक जनाको मृत्यु

  • शनिबार ८ कात्िक २०८३ ०३:१८ AM
फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ। डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ।