काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले पुनः ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान चलाउन सक्ने बताएका छन्।यद्यपि, उनले अमेरिका र इरानबीच सम्झौताको सम्भावना अझै कायम रहेकोसमेत उल्लेख गरेका छन्। शुक्रबार फ्लोरिडामा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ जस्तै अभियान सञ्चालन गर्न सक्छौँ, वा उनीहरू (इरान) सम्झौतामा आउन सक्छन्।'इरानले समझदारी देखाएमा उसले गम्भीर वार्ताका ला