अस्टुरियास स्पोर्ट्स अवार्ड पाएपछि मेस्सी भावुक, भने-‘माया र सम्मानप्रति आभारी छु’

  • शनिबार ८ कात्िक २०८३ ०२:३० AM
काठमाण्डु- अर्जेन्टिनाका विश्वचर्चित फुटबल खेलाडी लियोनल मेस्सीले स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियास स्पोर्ट्स अवार्ड’ प्राप्त गरेका छन्। उनले त्यसपछि आफूले सम्मानित महसुस गरेको बताएका छन्। उनले पुरस्कारलाई आफ्नो लागि विशेष मान्यता भन्दै आयोजक, सहविजेता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। मेस्सीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुरस्कार प्राप्त गर्नु आफ्नो लागि सम्मानको विषय भएको बताएका हुन्।