म्याग्दी – बाढीपहिरो र म्याग्दी नदीको कटानले क्षतविक्षत बनेको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब ९ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको हो। पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकको बेनीदेखि मुना खण्डका करिब