काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले शनिबारदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो। अभियानको उद्घाटन तथा पत्रकार सम्मेलन शनिबार दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना