नुवाकोटको छहरे बजारमा पसल तोडफोड गरी लाखौँको चोरी

  • शनिबार ८ कात्िक २०८३ ०७:०० AM
नुवाकोट : चाडपर्वको समयमा नुवाकोटको पुर्वी भेगस्थित लिखु गाउँपालिका–६, छहरे बजारमा पसल तोडफोड गरी चोरी भएको छ।बिहीबार राति स्थानीय ज्ञानबहादुर डंगोलको पसलको झ्यालको ग्रिल फुटाएर चोरहरूले चुरोट, नगद तथा अन्य जिन्सी सामान लगेका छन्। प्रहरीका अनुसार नगद र सामान गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ।चाडबाडकै मुखमा बजार क्षेत्रमै पसल तोडफोड र चोरी भएपछि स्थानीय व्यवसायीहरूमा चिन्ता बढेको छ । स्थानीयवासी विक्रम आचार्यले बजार क्षेत्रको सुरक्षा व्यवस्था थप कडा र प्रभावकारी बनाउन