काठमाण्डौँ : फ्रान्सको राजधानी पेरिस नजिकै भएको गोली प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनालाई ‘नस्लवादी आतङ्कवादी हमला’ भन्दै निन्दा गरेका छन् ।शुक्रबार बिहान ट्राप र नजिकैको ला भेरिएर क्षेत्रमा करिब १५ मिनेटसम्म चलेको घटनामा एक व्यक्तिले कारबाट विभिन्न स्थानमा गोली प्रहार गरेका थिए । आक्रमणकारीले आप्रवासी मूलका मानिसहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।