काठमाडौँ : बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातीय आँधीमा परिणत हुन सक्ने र त्यसको प्रभावले नेपालमा पनि मौसम बदली तथा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) चक्रवातीय आँधीमा परिणत हुने सम्भावना छ।उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको