काठमाडौँ : बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनी लायन्सले शनिबार शमीमलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।लुम्बिनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शमीम टोलीमा आबद्ध भएको घोषणा गर्दै मैदानमा प्रदर्शनबाट जवाफ दिने समय आएको जनाएको छ ।बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने शमीम आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । उनले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजित आईसीसी यू-१९ विश्वकपको उ