पीएचपीमा सुरक्षा कमजोरी फेला, जोखिम घटाउन सेटिङ बन्द गर्न सुझाव

  • शुक्रबार​ ७ कात्िक २०८३ ११:०० PM
काठ्माण्डौँ : वेब सर्भरमा अनधिकृत रूपमा कोड चलाउन सकिने सुरक्षा कमजोरी फेला परेपछि पीएचपी (PHP) ले प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ । जोखिम कम गर्न अर्को नियमित अपडेट नआएसम्म सेसन अपलोड प्रोग्रेस (Session Upload Progress) सुविधा बन्द राख्न सुझाव दिइएको छ ।पीएचपीले शुक्रबार जारी गरेको एडभाइजरीमा session.upload_progress.enabled=0 सेटिङ राख्न सिफारिस गरेको हो । यसअघि अक्टोबर २१ मा जारी गरिएको सुरक्षा सूचनामा पनि यही उपाय सुझाइएको थियो । उक्त सेटिङ पहिले नै बन्द गरिसकेका प्रयोगकर्ताले फेरि परि