पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले एक महिनामा ६ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । गत असोज ७ गतेदेखि पोखरा-दुबई रुटमा नियमित उडान सुरु गरेको कम्पनीले पहिलो महिनामा ३० वटा उडान सञ्चालन गरेको हो ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा दुबईबाट पोखरा आउने ४ हजार ५२१ र पोखराबाट दुबई जाने १ हजार ८४१ गरी कुल ६ हजार ३६२ यात्रुले सेवा लिएका छन् । उनले सुरुआती एक महिनाको उपलब्धिलाई उत्साहज