यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिने बताए । यात्रुलाई अनावश्यक