अर्घाखाँची : अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको अर्घा दरबार र अर्घा भगवती मन्दिरको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दसैं मेला सुरु भएको छ। सन्धिखर्क नगरपालिका–९ को आयोजनामा सुरु भएको मेलाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन्। मेला १२ गतेसम्म सञ्चालन हुनेछ। ऐतिहासिक अर्घा राज्यको पहिचान, अर्घा भगवती मन्दिरको धार्मिक महत्त्व र यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित मेला