महोत्तरी : महोत्तरीमा एक गर्भवती महिलामाथि कुटपिट भएको छ। कुटपिटबाट उनी घाइते भएकी छन् भने उनको पेटमा रहेको गर्भसमेत तुहिएको छ।कात्तिक ४ गते घरबाटोको विषयलाई लिएर सोनमा गाउँपालिका–८ सिंहासनीमा भएको कुटपिटबाट स्थानीय ३५ वर्षीया बबितादेवी यादवको करिब २ महिनाको गर्भ तुहिएको हो। सोही स्थानका गगनदेव यादव, झगरु राय यादव, राजदेवप्रसाद यादव लगायतको समूहले कुटपिट गर्दा ती महिलाको ८ हप्ताको गर्भ तुहिएको पीडित पक्षले आरोप लगाएको छ।पीडित महिलाका श्रीमान् र ससुरा घरमा नभएको समयमा घरबाटोको विषयलाई लिएर