जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले एक सूचना जारी गर्दै प्रशासनको निर्देशन अटेरी