दिल्लीमा अर्थमन्त्री वाग्लेले भने – नेपालमा अब भारतविरोधी राष्ट्रवादको अन्त्य भइसक्यो

  • शुक्रबार​ ७ कात्िक २०८३ ०९:४८ AM
नयाँदिल्ली– नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सन् २०२६ को अन्त्यसम्म भारत भ्रमणमा निस्किने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै वाग्लेले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे जानकारी दिएका हुन् ।   उनले भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा पनि व्यक्त गरे ।