जेनजी विद्रोहपछि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि २०८२ चैत १९ गते सुरु भएको पहिलो अधिवेशन ९ दिनसम्म चलेर २०८२ चैत २७ गते सम्पन्न भयो। बजेट अधिवेशनका रूपमा २०८३ वैशाख २८ गते सुरु भएको दोस्रो अधिवेशन १४५ दिन चलेर २०८३ असोज १६ गते शुक्रबार मध्यरातिबाट सम्पन्न भएको छ। पहिलो अधिवेशन अवधिभरि सम्माननीय प्रधानमन्त्री संसद्मा बोल्नुभएन। सम्माननीय राष्ट्रपतिको सम्बोधनपछि अधिवेशन सम्पन्न भएको थियो भने दोस्रो अधिवेशनसमेत सम्माननीय सभामुखज्यूले नै सम्पन्न गर्नुभएको थियो। दोस्रो अधिवेशनलाई समेत सम्माननीय प्रधानमन्त्रीज्यूले औपचारिक सम्बोधन गर्नुभएन। छ महिनाको संसदीय अभ्यासलाई समीक्षा गर्दा संसद्ले कसको पक्षमा काम गर्यो