छठ नजिकिएसँगै सख्खर बनाउन किसानलाई भ्याइनभ्याइ

  • शुक्रबार​ ७ कात्िक २०८३ ०२:०० PM
जनकपुरधाम : छठ पर्व नजिकिएसँगै महोत्तरीका उखु किसानलाई सख्खर बनाउन भ्याइनभ्याइ भएको छ। छठमा चढाइने प्रसाद तथा विभिन्न परिकार बनाउन सख्खरको प्रयोग हुने भएकाले बजारमा यसको माग बढेको छ। मागसँगै मूल्यसमेत बढेपछि किसान उखु पेलेर सख्खर उत्पादन र बिक्री गर्न व्यस्त भएका छन्।मधेशमा दसैं सकिएसँगै तिहार र छठको चहलपहल बढेको छ। चाडपर्वमा मिष्ठान्न परिकार बनाउने परम्परा रहेकाले सख्खरको खपत बढ्ने गरेको छ। विशेषगरी छठमा सख्खरबाट खीर, ठेकुवा, भुसुवालगायतका परिकार बनाइने भएकाले यसको माग उच्च हुने गरेको किसानहरू