काठमाडौं । अमेरिकी बैंकहरूले ग्राहकका बैंक खातामा पहुँच राखेर कारोबार गर्न सक्ने तेस्रो पक्षका कृत्रिम बौद्धिकता (एआई) एजेन्टलाई रोक्न थालेका छन्। एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनबिना नै बैंक खातामा पहुँच राखेर कारोबार गर्न सक्ने जोखिम बढेपछि बैंकहरूले यस्तो कदम चालेका हुन्। रोयटर्सका अनुसार बैंकिङ क्षेत्रका दुई जानकार व्यक्तिले ठूला अमेरिकी बैंकहरूले ग्राहकका खातामा एआई एजेन्टको पहुँच नियन्त्रण गरिरहेको बताएका छन्। एआई एजेन्टले बैंकिङ प्रणाली र ग्राहकको सम्पत्तिको सुरक्षामा जोखिम निम्त्याउन सक्ने भन्दै बैंकहरू चिन्तित बनेका छन्। विशेषगरी, ग्राहकको स्पष्ट अनुमतिबिना कारोबार हुन सक्ने सम्भावनाले वित्तीय सुरक्षासम्बन्धी चुनौती बढाएको छ। एआई प्रविधिको प्रयोग विस्तार भइरहेका ... The post अमेरिकी बैंकले रोक्न थाले एआई एजेन्टको बैंक खातामा पहुँच appeared first on Kalika Khabar.