काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार बिहान भारत प्रस्थान गरेका छन्। सभापति लामिछाने श्रीमती निकिता पौडेलसहित तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा