बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको