काठमाडौं : इजरायली प्रधानमन्त्ती बेन्जामिन नेतन्याहू र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलीफोन वार्ता भएको छ । यो कुराकानी इजराइलमा हुन गइरहेको निर्वाचनको ५ दिनअघि भएको हो।उक्त कुराकानीमा नेतन्याहूले आगामी वर्षको मे १२ तारिखमा पर्ने इजराइलको स्वतन्त्रता दिवसमा मसाल बाल्नका लागि प्रधानमन्त्री मोदीलाई निम्तो दिएका छन्। सामाजिक सञ्जालमार्फत कुराकानीको जानकारी गराउँदै उनले मोदीलाई आफ्ना 'मित्र' बताएका छन्।नेतन्याहूका अनुसार मोदीले निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गरेका छन्।