नयाँदिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही व्यक्तिले विदेशमा गएर भारतलाई बदनाम गरिरहेको आरोप लगाएका छन्। बिहीबार नयाँदिल्लीमा आयोजित वर्ल्ड समिट २०२६ लाई सम्बोधन गर्दै मोदीले विश्व नयाँ व्यवस्थाको खोजीमा रहेका बेला भारतमा भने केही मानिसले अराजकताको सपना देखिरहेको बताए। ‘विश्व नयाँ व्यवस्थाको खोजीमा छ। तर भारतमा केही मानिस अराजकताको सपना देखिरहेका छन्। केही मानिस विदेशमा गएर