काठ्माण्डौँ : एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजअन्तर्गत रोमाञ्चक खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २ विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा इंग्ल्याण्डले दिएको ४३० रनको विशाल लक्ष्य श्रीलंकाले एक बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो ।पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले अविजित २०२ रनको शानदार पारी खेले । जो रुटले ६९ रन बनाउँदा टम बान्टनले ५० रनको योगदान दिए ।४३० रनको लक्ष्य पछ्या