काठमाडौँ : नाइजेरियामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएपछि अफ्रिकामा प्रकोप थप जटिल बन्न सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले भाइरसको फैलावटले महादेशका स्वास्थ्य प्रणालीमाथि थप चुनौती सिर्जना गरेको बताएका छन् ।बिहीबार आयोजित अनलाइन सञ्चारमाध्यम ब्रिफिङमा उनले पूर्वी अफ्रिकाबाट नाइजेरियामा भाइरस प्रवेश गरेको पुष्टि गर्दै पश्चिम अफ्रिकामा देखिएको यो पहिलो घटना भएको बताए ।नाइजेरियाले मङ्गलबार बुन्डिबुग्यो प्रजातिको इ