काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने शुक्रबार निजी भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। लामिछानको निजी सचिवालयका अनुसार, उनी धनगढी हुँदै भारत जाने छन्। लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेर रवि लामिछाने स्वदेश फर्किने छन्।