अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगे

  • बिहीबार ६ कात्िक २०८३ १०:०० PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।  बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट वाग्ले नयाँदिल्ली पुगेका हुन्।दुई सदस्यीय भ्रमण दलमा उनी र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। अर्थमन्त्री डा. वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।  भारतीय ख्यातिप्राप्त टेलिभिजन च्यानल ‘वर्ल्ड समिट २०२६’