काठमाडौं : हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ। कोषले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी-त्रिशुली क्षेत्रका वाढी प्रभावित समुदायलाई द्रूत गतिमा सहयोग गर्नका लागि गत अगस्त ३१ मा सो कोषलाई पत्र लेखेका थिए। बोर