हानिनोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान उपलब्ध गराउने निर्णय

  • बिहीबार ६ कात्िक २०८३ ०२:३८ PM
काठमाण्डु – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुन:स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।