दिल्लीमा आप र कांग्रेसका पार्षदबीच माइक खोसाखोस र धक्कामुक्की

  • बिहीबार ६ कात्िक २०८३ ०८:०० PM
नयाँदिल्ली : भारतको दिल्ली नगर निगम (एमसीडी) को बैठकमा विकास कोष, सरसफाइ व्यवस्था र प्रदूषणको विषयलाई लिएर बिहीबार हंगामा भएको छ। बैठकमा आम आदमी पार्टी (आप) र कांग्रेसका पार्षदबीच विवाद चर्किएपछि धक्कामुक्की र हातपातको अवस्था सिर्जना भएको हो।भारतीय सञ्चारमाध्यम आजतकका अनुसार बैठकमा कांग्रेस दलकी नेतृ नाजिया दानिसले आपका पार्षदप्रति व्यंग्यात्मक टिप्पणी गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि दुवै पक्षका पार्षदबीच चर्काचर्की भएको थियो।विवाद बढ्दै जाँदा आपकी नेता प्रतिपक्ष तथा महिला पार्षद शगुफ्ता चौ