आनी छोइङ डोल्मा भन्छिन्- आलोचनाले विचलित भएकी छैन, सत्कर्ममा विश्वास गर्छु

  • बिहीबार ६ कात्िक २०८३ ०४:२३ PM
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माले नियुक्तिलाई लिएर भइरहेको आलोचनाबाट आफू विचलित नभएको बताएकी छन्। सरकारले दिएको जिम्मेवारी योजनाबद्ध रूपमा पूरा गर्ने उनको प्रतिबद्धता छ। संघीय सरकारले उनलाई उपाध्यक्ष नियुक्त गरेपछि पक्ष–विपक्षमा बहस भइरहेको छ। लुम्बिनी बचाउ महाअभियानलगायत केही संघसंस्थाले उनको सम्पत्ति र नागरिकताको विषय उठाउँदै नियुक्तिको विरोध गरेका छन्। कतिपय व्यक्ति तथा विज्ञले भने उनलाई उपयुक्त जिम्मेवारी दिइएको भन्दै बधाई दिएका छन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा डोल्माले आफू पद माग्न सरकारकहाँ नगएको र सरकारले विश्वास गरेर दिएको जिम्मेवारी स्वीकार गरेको बताइन्। ‘म सत्कर्ममा विश्वास गर्छु। कहिलेकाहीँ यस्ता अप्ठ्यारा आइपर्छन्। मेरा विषयमा जे–जस्ता टिप्पणी भइरहेका छन्, त्यसबारे एक–एक गरेर जवाफ दिन सकिँदैन। जे छ, भोग्दै जाने हो। बुझ्नेले बुझेकै छन्। तर म विचलित भएकी छैन। सरकारले गरेको विश्वासप्रति आभारी छु,’ उनले भनिन्। सम्पत्ति शुद्धीकरणको विषय टुंगिइसकेको दाबी डोल्माले आफ्नो सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय सन् २०१८ को अन्त्यतिरै टुंगिइसकेको दाबी गरिन्। सरकारले पनि आफ्नो विषयमा बुझेरै जिम्मेवारी दिएको हुन सक्ने उनको भनाइ छ। ‘सम्पत्ति शुद्धीकरणको विषय सन् २०१८ को अन्त्यतिर नै स्पष्ट भइसकेको हो। सरकारले पनि मेरोबारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला। मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपर्‍यो भनेर निवेदन दिएकी होइन, कसैलाई भनेकी पनि छैन,’ उनले भनिन्। त्यसबेला हङकङको बैंकबाट नेपालको बैंकमा आएको रकमका विषयमा आफूले अनावश्यक हैरानी बेहोर्नुपरेको उनको दाबी छ। कर्मचारीतन्त्रमा घुसखोरी र कमिसनको चलखेलका कारण दुःख पाएको आरोप पनि उनले लगाइन्। ‘सोझो बाटोबाट अर्थात् बैंकबाटै आएको पैसाको विषयलाई लिएर हैरानी दिइयो। कानुनी माध्यमबाट पैसा आउँदा अनावश्यक हैरानी दिने काम भएको थियो। त्यो विषय त्यसैबेला टुंगिसकेको हो,’ उनले भनिन्, ‘मैले नियमसंगत ढंगबाट पार लगाएँ।’ ‘कोषमार्फत धेरै काम गर्न सकिन्छ’ डोल्माले कुटी बनाएर शान्त जीवन बिताउने सोचमा रहेका बेला सरकारले जिम्मेवारी लिन आग्रह गरेपछि स्वीकार गरेको बताइन्। ‘म पद माग्दै सरकारकहाँ गएकी होइन। निवेदन दिएकी पनि होइन। तर जिम्मेवारी लिइदिनुपर्‍यो भन्दा स्वीकार गरेकी हुँ। सरकारको त्यो चोखो नियतलाई सम्मान गरेकी हुँ,’ उनले भनिन्। कोषमा बसेर विश्वभरका बौद्धमार्गीसँग जोडिन र बुद्ध जन्मिएको देशका लागि केही गर्न सकिने उनको विश्वास छ। ‘मेरो योजना डाँडामा कुटी बनाएर आनन्दको जीवन बिताउने थियो। तर विश्वास गरेर सम्मानजनक पदमा अवसर दिइएको छ। त्यसलाई अपमान वा अस्वीकार गर्न कसरी मिल्ला र