एक व्यापारीको मृत्यु प्रकरणमा मुछिएकी श्रद्धाको 'नेपाल कनेक्सन' खोज्दै भारतीय प्रहरी

  • बिहीबार ६ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : भारतको उत्तर प्रदेशस्थित लखनउका व्यवसायी शिवा शर्माको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकी श्रद्धा दुबेले प्रहरीको अधिकांश प्रश्नको जवाफ दिन अस्वीकार गरेकी छन्। नेपाल किन गएको, आफूसँग रहेको नगद कहाँबाट आयो र घटनाका बेला फ्ल्याटमा को-को उपस्थित थिए भन्ने प्रश्नमा उनले ‘मसँग होइन, मेरो वकिलसँग कुरा गर्नुहोस्’ भन्दै जवाफ दिन टारेकी हुन्।भारतीय सञ्चारमाध्यम आजतकका अनुसार, शिवा शर्माको मृत्यु प्रकरणमा मुख्य आरोपित मानिएकी श्रद्धालाई लखनउको हजरतगञ्ज प्रहरी कार्यालयमा सोधपुछ भइर