काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैंका अवसरमा खड्ग जात्रा मनाएका छन् ।काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतिकात्मक रूपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए । उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको