पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

  • बिहीबार ६ कात्िक २०८३ ०९:४४ AM
पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार