भक्तपुरको मध्यपुर थिमिमा खाँ पिहाँवइगु जात्रा सम्पन्न

  • बिहीबार ६ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन यु