दसैंमा प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

  • बिहीबार ६ कात्िक २०८३ ०८:४७ AM
काठमाण्डु– बडा दसैंको अवसरमा नेपाल प्रहरीले काठमाण्डु उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । उक्त सेवाबाट कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना लाभान्वित भएका हुन्