पूर्वराष्ट्रपति एवं एमालेकी वरिष्ठ नेता भण्डारी आज चीन जाँदै

  • बिहीबार ६ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन जाने भएकी छन्। भण्डारीको स्वकीय सचिव राजकुमार राईका अनुसार उनी चीनमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १२:३० बजे चाइना साउदर्न एयरलाइन्सबाट गोन्जाओ प्रस्थान गर्न लागेकी हुन्।भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।  ५ दिने भ्रमणमा रहेकी भण्डारीको साथम