अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हु्ँदा बाबुछोराको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ १०:३९ AM
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–८ निवासी हाल काठमाडौँ बस्ने अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोरा विवेक आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए । जिसीका अनुसार लु६४प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । बाबुछोरा दसैँको टीका लगाउन ससुराली जाने भन्दै घरबाट निस्किएका थिए । हिजो साँझदेखि सम्पर्कविहीन भएपछि उनीहरूको खोजी भइरहेको थियो । दुर्घटनास्थल सडकबाट केही मिटर तल रहेकाले तत्काल फेला पार्न नसकिएको बताइएको छ । पछि सीसीटीभी क्यामेराको फुटेज जाँच गर्ने क्रममा दुर्घटनास्थल पत्ता लागेको हो । घटनाको जानकारी पाउनासाथ प्रहरी नायब उपरीक्षक जिसी घटनास्थल पुगेका थिए ।