काठमाडौं : मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरु गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए। उनीहरूले असोज २४ गतेबाट आरोहण सुरु गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि