बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु

  • बिहीबार ६ कात्िक २०८३ ११:०० AM
झापा: झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ४:१० बजे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला